Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

धनगढी प्रिमियर लिग क्रिकेटलाई श्री एयरलाइन्सको साथ

$
0
0

काठमाडौँ, ६ फागुन । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि श्री एयरलाइन्सले प्रायोजन गर्ने भएको छ ।

धनगढीमा आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगिताका लागि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एयरलाइन्सका अपरेशन डाइरेक्टर कुन्दन गिरीले काठमाडाैंमा अाइतबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार एयरलाइन्सले धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई  १० लाख बराबरको प्रायोजन गर्नेछ । एयरलाइन्सले  सात लाख ५० हजार नगद प्रदान गर्नेछ भने  दुई लाख ५० हजार बराबरको सेवा उपलब्ध गराउने छ । एयरलाइन्सका अपरेशन डाइरेक्टर गिरीले क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको र यस प्रतियोगितामा प्रायोजन गर्न पाउँदा आफू उत्साहित भएको बताए ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले सम्झौताले प्रतियोगितालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । उक्त प्रतियोगिताका लागि अक्सन खेलाडी दर्ता गर्नेक्रम सकिएको र २०० भन्दा बढी खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । अक्सन फागुन ९ गते हुनेछ ।

प्रतियोगितामा टिम चौराहा धनगढी, सिवाइबी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन्स र विराटनगर किङ्सले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले  २५ लाख तथा उपविजेताले  १० लाख प्राप्त गर्नेछ ।

The post धनगढी प्रिमियर लिग क्रिकेटलाई श्री एयरलाइन्सको साथ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles