Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः बार्यन म्युनिखले हान्यो पाँच गोल

$
0
0

एजेन्सी, ९ फागुन । गएराति नै भएको अर्को च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिग चरणमा बार्यन म्युनिखले बेसिकटासलाई ५-० गोलले पराजित गरेको छ ।

बार्यनको घरेलु मैदानमा भएको खेलमा बेसिकटासका खेलाडी डोमिग भिडाले खेलको १६ औ मिनेटमा नै रातो कार्ड खाएका थिए । १० जनामा सिमित बेसिकटासले बार्यनलाई रोक्न सकेन ।

बार्यनका लागि खेलको ४३ औ मिनेटमा थोमस मुलरले गोल गरे ।

दोस्रो हाफमा बार्यनले गोलको वर्षा नै गर्यो ।

बार्यनका लागि किंस्ले ओमरले दोस्र्रो गोल गरे । थोमस मुलरले खेलको ६६ औ मिनेटमा तेस्रो गोल गरे ।

रोबर्ट लिडोनोस्कीले खेलको ७९ औ र ८८ औ मिनेटमा दुई गोल गरे । यो जितसँगै बार्यनको अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।

The post च्याम्पियन्स लिगः बार्यन म्युनिखले हान्यो पाँच गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles