Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई कास्य पदक

$
0
0

taekwondoकाठमाडौँ, २३ साउन । दक्षिण कोरियामा आज भएको प्रथम वानकी मुन कप अन्तर्राष्ट्रिय खुला तेक्वादो च्याम्पियनसिपमा नेपालले कास्य पदक हात पारेको छ ।

भैरहवाका पराग दासले पुम्सेको सिनियरतर्फको पहिलो खेलमा नेपाललाई कास्य पदक दिलाएका हुन् । सेमिफाइनल खेलमा कारियन खेलाडीसँग दास पराजित भएपछि कास्य पदकमा चित्त बुझाउन बाध्य बनेका हुन् ।

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका तीन महिला र १३ पुरुष गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालसहित अमेरिका, भियतनाम, थाइल्यान्ड, ताइवान, श्रीलङ्का, दक्षिण अफ्रिका, रसिया, उज्वेकिस्तान, नाइजेरिया, फ्रान्स, चीन, बङ्गलादेश, केन्यालगायत विभिन्न २४ राष्ट्रका करिब पाँच यस खेलाडीको सहभागिता रहेको छ । रासस

The post अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई कास्य पदक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles