एजेन्सी, १४ फागुन । फ्रेन्च लिग वानमा पिएसजीले मार्सेइलीलाई ३-० गोलले पराजित गरेको छ ।
पिएसजीका लागि केलियन एमबाप्पे र एडिसन काभानीले गोल गरे । यस्तै मार्सेइलीका रोनाल्डोले आत्मघाति गोल गरेका थिए । तर, पिएसजीका खेलाडी नृेयमार भने घाइते भएका छन् । उनलाई खुट्टामा चोट लागेको छ । उनी कति समय खेल मैदानबाहिर रहने हुन् यसबारे भने भनिएको छैन ।
यो जितपिएसजीको २७ खेलबाट ७१ अंक भएको छ । खेलको अन्तिम १० मिनेट पिएसजी १० खेलाडीमै खेल्न बाध्य भयो। नेइमार चोटग्रस्त भएर मैदान छाडेपछि १० खेलाडीमा सिमित भएको हो। आवश्यक सब्सीच्युट खेलाडी परिवर्तन गरिसकेका कारण पिएसजीले थप खेलाडी परिवर्तन गर्न पाएन ।
रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगमा पिएसजीले ९ दिनपछि आमनेसामने गर्दैछ । पहिलो लिगमा ३१ गोलले पछि परेका कारण पनि पिएसजी थप दबाबमा रहेको छ ।
नेयमारको च्याम्पियन्स लिगको अन्तिम १६ को खेल गुमाउने सम्भावना बढेको छ।
The post पिएसजीको सहज जित, नेयमार घाइते appeared first on Sajha Post.