काठमाडौं, १५ फागुन । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको अभ्यास खेलमा युएई १७१ रनमा २८ ओभर ४ बलमा अल आउट भएको छ। नेपाल अबको केहीबेरमा उक्त लक्ष्य पछ्याउन ब्याटिङ गर्नेछ ।
जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा जारी उक्त खेलमा टस जितेर युएईले पहिले ब्याटिङ गरेको थियो ।
नेपालका लागि पहिलो विकेट खेलको दोस्रो ओभरको पहिलो बलमा लतित भण्डारीले लिए । ललितको बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । युएईका रोहन मुस्ताफा ४ रन बनाएर आउट भए ।
युइईको दोस्रो विकेट कप्तान पारस खडकाले लिएका हुन् । युएईका गुलाम सहावरलाई खडकाले ३२ रनमा आउट गरेका हुन् ।
नेपालका लागि पहिलो विकेट खेलको दोस्रो ओभरको पहिलो बलमा लतित भण्डारीले लिए । ललितको बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । युएईका रोहन मुस्ताफा ४ रन बनाएर आउट भए ।
युइईको दोस्रो विकेट कप्तान पारस खडकाले लिएका हुन् । युएईका गुलाम सहावरलाई खडकाले ३२ रनमा आउट गरेका हुन् । युएईको तेस्रो विकेट नेपालका ललित राजवंशीले लिएका छन । १५ औं ओभरको पहिलो बलमा राजवंशिले युएईका रमीज साहजनज शून्य रनमा नै आउट गरेका हुन् ।
युएईको चौथो विकेट पनि राजवंशिले नै लिए । ४२ रन बनाएर खेलेका युएईका अस्पाक अहमदलाई राजवंशिको बलमा दिपेन्द्रसिंह ऐरीले क्याच आउट गराएका हुन् ।
युएईको पाँचौ विकेट नेपालका ललित भण्डारीले लिएका हुन् । युएईको पहिलो विकेट लिएका भण्डारीले पाँचौ विकेट युएईका साइमन अनवरलाई १६ रनमा आउट गराएका हुन् ।
युएईको छैटौं विकेट पनि नेपालका ललित भण्डारीले नै लिए । युएईका मोहम्मद उस्मानलाई २६ रनमा आउट गराएका हुन् । ओसिलो मैदानमा चिसोका कारण पूर्व निर्धारित समयभन्दा ढिलो गरी खेल शूरु भएको हो ।
The post ललित भण्डारीले तीन विकेट लिएपछि युएईको छैटौं विकेट पतन appeared first on Sajha Post.