काठमाडौं । विश्वकप छनोटको अभ्यास खेलमा यूएईविरुद्ध नेपालले ५ विकेटको विजय निकालेको छ ।
यूएईले दिएको १७२ रनको लक्ष्य नेपालले अन्तिम चार बल खेल्नुअगावै ५ विकेट गुमाएर भेट्टाउन सफल भयो । २९ ओभरमा छोट्याइएको खेलमा नेपालले राम्रो सुरुवात गर्न सकेन । १६ रन जोड्दा नेपालले पहिलो विकेट गुमायो भने ३९ रन बनाउँदा तेस्रो विकेट गुमायो । कप्तान पारस खड्का पनि नेपालले थप ३० रन जोड्दा व्यक्तिगत २८ रन जोडेर प्याभेलियन फर्किए ।
नेपालको स्थिति सम्हाल्दै शरद भेषावकरले पाँचौं विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ५७ रनको साझेदारी गरे । यसैगरी दिपेन्द्र ४१ रनमा आउट भए भने आरिफ शेखले शरदसँग मिलेर विजयको लागि साझेदारी गरे । शरद ४१ रनमा अविजित रहँदा आरिफले नटआउट २३ रन बनाउन सफल भए ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २८.५ ओभरमा सबै विकेट गुमाएर १७१ रन बनाएको थियो । पछिल्लो २ ओभरमा मात्र ५ विकेट गुमाएपछि युएईले विजयलाई टाढा धकेल्यो । युएईका लागि अस्फाक अहमदले सर्वाधिक ४२ रन जोड्न सफल भए ।
२९औं ओभरमा करण केसी एक्लैले तीन विकेट लिए भने ललित भण्डारी एक्लैले ४ विकेट लिए । ललित नारायण राजवंशीले २ विकेट लिँदा पारस खड्काले १ विकेट हात पारे ।
The post नेपालसँग युएई पराजित, ललितले लिए ४ विकेट appeared first on Sajha Post.