Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

निजगढ गोल्डकप : चौथो स‌ंस्करण फागुन २४ देखी

$
0
0

निजगढ, १६ फागुन । चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिता फागुन २४ देखि हुने भएको छ । निजगढ ४ स्थित कछाडिया खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता चैत्र ३ गतेसम्म हुने आयोजकले जनाएको छ । आयोजक निजगढ युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको हो ।

प्रतियोगितामा यसपटक १० वटा समूहको सहभागिता रहने आयोजक निजगढ युवा क्लबका सदस्य जयराम कुमरले बताए । प्रतियोगितामा आयोजक निजगढ युवा क्लब, भद्रकाली गण पिलुवा, बाराको सशत्र प्रहरी बल, चौधरी ११ बारा, मध्यपृतना ब्यारेक सुपारेटार मकवानपुर, मकवानपुर ११, नेपाल खेलकुद क्लब रौतहट, भरतपुर फुटबल क्लब, जुनियर पुलिस अफिसर्स क्लब चितवन, एफसी बैंखरी महोत्तरी र हिकस्तुरी क्लब लहानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा १३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको बिजेता टिमलाई नगद १ लाख सहित ट्रफी प्रदान गरिनेछ । उपविजेता टिमलाई नगद ५० हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई जनही नगद ३ हजारका साथै ट्रफी र हरेक दिन म्यान अफ द म्याच घोषित खेलाडीलाई नगद १ हजार सहित ट्रफी प्रदान गरिने गोल्ड कप आयोजक क्लबका संयोजक परदेशी कुमरले जानकारी दिए ।

The post निजगढ गोल्डकप : चौथो स‌ंस्करण फागुन २४ देखी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles