एजेन्सी, १६ फागुन । इरानका राष्ट्रिय टोलीका प्रशिक्षक कार्लोस क्युरोजले लियोनल मेस्सीबारे प्रतिक्रिया दिएका छन् । उनले ठट्यौली शैलीमा मेस्सी मानव भएको प्रमाणित नभइन्जेलसम्म उनलाई प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।
पाँचपटक बेलोन डिओर जितेका लियोनल मेस्सी यस सिजन पनि उच्च फर्ममा रहेका छन् भने तीनवटा उपाधि यस सिजन उचाल्ने दाउमा रहेका छन् । उनले विश्वकप छनोट खेलको अन्तिम खेलमा इक्वेडरविरुद्ध ह्याट्रिक पनि गरेका थिए ।
ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनाले इरानविरुद्ध गोलरहित बराबरी खेलको नजिक पुगेको थियो तर, अन्तिम मिनेटमा लियोनल मेस्सीले गोल गर्दा पराजित भएको थियो ।
फिफा डटकमसँगको कुराकानीमा उनले भनेका छन्, ‘लियोनल मेस्सी सर्वोत्कष्ट खेलाडी हुन् । उनको तुलना कसैसँग पनि हुन सक्दैन । उनी अन्य ग्रहबाट आएका हुन् । यदी मानव भएको भए उनले यस्तो चमत्कार देखाउनै सक्थेनन् ।’
आफ्ना अनुभव सेयर गरेका उनले मेस्सीको प्रशंसा गरेका थिए ।
The post ‘मेस्सी मानव भएको प्रमाणित नभइन्जेलसम्म उनलाई प्रतिबन्ध लगाउनु पर्छ’ appeared first on Sajha Post.