Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

१० जना खेलाडीमा सिमित गेटाफेमाथि रियलको जित

$
0
0

एजेन्सी, २० फागुन । शनिबार राति भएको स्पेनिस लिग लालिगामा रियल मड्रिडले गेटाफेलाई ३-१ गोलले पराजित गरेको छ ।

रियलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए भने ग्यारेथ बेलले एक गोल गरे ।

इस्पानियोलसँग एक गोलले पराजित भएपछि रियलको खेलको व्यापक आलोचना भएको थियो ।

यस सिजन ला लिगा उपाधिको रेसबाट लगभग बाहिरिसकेको रियललाई यो जितले भने राहत दिएको छ ।

१० जनामा सिमित गेटाफेका लागि फ्रान्सिसको पोर्टिलोले एकमात्र गोल गरेका थिए । २७ खेल खेलेको रियलको ५४ अंक भएको छ । बार्सिलोनाको २६ खेलमा ६६ अंक रहेको छ ।

The post १० जना खेलाडीमा सिमित गेटाफेमाथि रियलको जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles