Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलको सानदार जित, अन्य खेलका नतिजा यस्ता छन्

$
0
0

एजेन्सी, २० फागुन । शनिबार राति भएको प्रिमियर लिगमा लिभरपुलले न्युक्यास युनाइटेडलाई २-० गोलले पराजित गरेको छ ।

यो जित सँगै लिभरपुल अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा मोहमम्द सलाहले खेलको ४४ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि लिभरपुल उत्तिकै आक्रामक देखियो । लिभरपुलका लागि साइडो मानेले खेलको ६५ औ मिनेटमा गोल गरे । यो जितसँगै लिभरपुलको २९ खेलमा ६० अंक भएको छ ।

त्यस्तै गएराति नै भएको अन्य खेलमा टोटनह्यामले हडल्सफिल्ड टाउनलाई २-० गोलले पराजित गरेको छ । टोटनह्यामका लागि दुवै गोल हिउङ मिन सनले गरेका थिए । २९ खेलमा ५८ अंक बटुलेको टोटनह्याम लिगको अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यस्तै स्वान्सी सिटीले वेस्टह्यामलाई ४-१ गोलले पराजित गरेको छ । बन्र्लीले सानदार कमव्याक गर्दै इभर्टनमाथि २-१ जित दर्ता गराउन सफल भएको छ । स्टोक सिटी साउथ्हयाम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । बेस्टब्रोम वाटफोर्डसँग १-० गोलले पराजित भएको छ ।

The post लिभरपुलको सानदार जित, अन्य खेलका नतिजा यस्ता छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles