काठमाडौं, २१ फागुन । झापामा जारी झापा गोल्डकपमा आज क्वाटर फाइनलका लागि दुई क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताअन्तर्गत आजको खेलमा थ्रीस्टार क्लब र विभागीय टोली एपीएफ भिड्नेछन् । हिजोको खेल जित्दै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लब आइतबार सम्पन्न खेलमा पुलिसले रुपन्देही–११ लाई १–० गोलअन्तरले पाखा लगाएको हो ।
१२ लाख ५१ हजार रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगिताको उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
The post झापा गोल्डकपः थ्रिस्टार क्लब र विभागीय टोली एपीएफ भिड्दै appeared first on Sajha Post.