काठमाडौं, २२ फागुन । अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका विश्व कीर्तिमानी उज्वल ठकुरीलाई अर्को विश्व किर्तिमान प्राप्त भएको छ । उनले आफैंले बनाएको किर्तिमानलाई आफैंले तोड्दै छोटो समय भित्र पुनः दोश्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका हुन् ।
उनले २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पाउण्ड (६३.९७ केजी) तौलमा मा विश्व किर्तिमान कायम गरेका थिए । उनले अर्को किर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पाउण्ड (६४.६३ केजी) को तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाटेर विश्व किर्तिमान गरेका छन् ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ तारिखमा अमेरिकामा पत्राचारगरी विश्व कीर्तिमानी भनेर घोषणा गरेको छ। ठकुरीले पाँच विधाको निर्माण गर्नुको साथसाथै तीनवटा विधामा अन्तरर्राष्ट्रिय पदक हासिल गरेका छन् । (फांग काता) जसमा राष्ट्रिय स्वर्ण पदक र अन्तरर्राष्ट्रिय स्वर्ण पदक हासिल गरेका छन् भने फांग ब्रेअकिङ्ग (किर्तिमान) जसमा विश्व टाइटल बेल्ट हासिल गरेका छन् ।
यसै गरि फ़ाङ्ग हेवी वेट (गह्रौं वजन) उचालेर (गोडा फाडेर अधिक भार बोकेर) यसमा विश्व च्याम्पियन बेल्ट लगायत दुई पटक गिनिज वर्ल्ड रेकर्ड बनाई नेपालीहरुको शिर उच्च बनाई दिएका छन् ।
अहिले सम्म ठकुरीले युएसए केएफ राष्ट्रिय खेल जुन विश्व महासंघ अन्तर्गत पर्छ, त्यसमा रजत पदकको साथसाथै युएसए मास्टर्स खेलमा २ राष्ट्रिय स्वर्ण पदक अनि अमेरिकी किक अन्तरर्राष्ट्रियखेलमा एक स्वर्ण र एक रजत हासिल गरेका छन् ।
The post कराँते खेलाडी ठकुरीले गरे अर्को विश्व किर्तिमान appeared first on Sajha Post.