Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप क्रिकेट : स्कटल्याण्डलार्इ हराउने तयारीमा नेपाल

$
0
0

काठमाडौँ, २४ फागुन । आइसीसी एकदिवशीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्ड विरुद्ध खेल्दैछ ।

समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौति छ । स्कटल्याण्डलाई हराउँदै नेपाल पहिलो जिता दर्ता गर्ने दाउमा रहेको छ ।

यस खेल जिम्बाबेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लबको मैदानमा हुनेछ । नेपालले समूहको पहिलो खेल जिम्बाबे विरुद्ध खेलेको थियो । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

नेपालको स्कटल्याण्ड विरुद्ध  रेकर्ड राम्रो छैन । यसअघि तीन एकदिवशीय क्रिकेट खेलेको नेपालले जित हासिल गर्न सकेको छैन । यसअर्थमा बिहीबारको खेल नेपालका लागि प्रतियोगितामा पहिलो विजयका साथै स्कटल्याण्ड विरुद्ध बदला लिने अवसर पनि हुनेछ ।

४ वर्षअघि न्यूजिल्याण्डमा भएको एकदिवशीय विश्वकप छनोटमा स्कटल्याण्डसँग नेपालले पराजय ब्यहोरेको थियो । नियमित कप्तान पारस खड्का चोटग्रस्त भएपछि ज्ञानेन्द्र मल्लको कप्तानीमा उत्रिएको नेपालले स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा ४६.१ ओभरमा १५९ रनमा समेटिएको थियो । त्यतिबेला टिममा रहेका ४ खेलाडी अहिले पनि नेपालको टोलीमा छन् ।

यसैगरी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालले स्कटल्याण्डसँग उसकै मैदानमा २ खेल खेलेको थियो । २०१५ को जुलाई २९ र ३१ मा खेलिएको दुवै खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा नेपालले २३६ रनको लक्ष्य पछ्याउने क्रममा २३२ रन मात्र बनाउन सकेको थियो ।

वर्षाका कारण ३६ ओभरमा झारिएको खेलमा नेपालका लागि ओपनर अनिल कुमार मण्डलले शतकीय पारी खेलेका थिए भने कप्तान पारसले ७० रन बनाएका थिए । नेपालले ३६ ओभरमा ५ विकेट गुमाएर २३२ रनमात्र बनाएपछि ३ रनको हार ब्याहोरेको थियो ।

त्यसको २ दिनपछि भएको अर्को खेलमा भने नेपालले पहिले ब्याटिङ गरेर ४९.१ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो । जवाफमा स्कटल्याण्डले १३.५ ओभरमा १ विकेट गुमाएर १११ रन बनाउँदा खेल वर्षाले बिथोलियो र डकवर्थ लेविस नियम अनुसार स्कटल्याण्ड ९ विकेटले विजयी भयो ।

जारी प्रतियोगितामा समूह चरणका यसअघिका दुई खेल जितेर स्कटल्याण्ड पाँच टोली सम्मिलित समूह ‘बी’को शीर्ष स्थानमा छ । स्कटल्याण्डले समूहको पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले स्तब्ध पारेको थियो भने दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो ।

अफगानिस्तान विरुद्धको जितमा स्कटल्याण्डका कोलुम म्याकलोइडले १५७ रनको शानदार पारी खेलेका थिए । प्रतियोगिताको अहिलेसम्म एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी उनै हुन । नेपाल विरुद्ध पनि उनी चुनौति बन्न सक्छन् ।

 

The post विश्वकप क्रिकेट : स्कटल्याण्डलार्इ हराउने तयारीमा नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images