एजेन्सी, २६ फागुन । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले नेयमार एक खुलासा गरेको बताइएको छ । मिडिया रिपोर्टमा उल्लेख भए अनुसार नेयमारले मेस्सीलाई फोन गरेको र बार्सिलोना पुन आउन खोजेका छन् ।
रियल मड्रिड जाने व्यापक हल्ला चलिरहँदा नेयमारको यस्तो खबरले रियललाई भने ठुलै झट्का लागेको एक्सप्रेस मिडियाले जनाएको छ । यस सिजनको सुरुवातमा २२२ मिलियन पाउण्डमा नेयमार बार्सिलोना छाड्दै पिएसजी गएका थिए ।
पिएसजीमा खुसी नभएको र बार्सिलोना पुन आउन चाहेको रहस्य मेस्सीले खुलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
इडिसन काभानी लगायत अन्य खेलाडीसँग पनि सम्बन्ध नराम्रो रहेका कारण उनी क्लब छाड्ने मनसायमा रहेको बताइएको छ । स्पेनिस मिडिया डायिरयो गोलको रिपोर्ट अनुसार उनी रियलमा जान चाहदैनन् ।
नेयमार आफुले गल्ती गरेको र ठुलो पाठ सिकेको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । घाइते भएपछि च्याम्पियन्स लिगको दोस्रो लिग खेल्न नपाएका उनले पिएसजीको सहज हार टुलुटुल हेर्न बाध्य भएका थिए । उनी अझै एक महिनाका लागि खेल मैदानबाहिर रहनेछन् ।
The post लियोनल मेस्सीले नेयमारबारे खोले यस्तो रहस्य, रियल मड्रिडलाई लाग्यो झट्का appeared first on Sajha Post.