एजेन्सी, २६ फागुन । बार्सिलोनाको पछिल्लो प्रमुख निशानामा एट्लेटिको मड्रिडका खेलाडी एन्टोनियो ग्रिजम्यान रहेका छन् । उनलाई क्लबमा भित्राउन बार्सिलोनाले हरसम्भव प्रयास गरिरहेको बताइएको ।
पछिल्लो समय उच्च फर्ममा रहेका उनले दई खेलमा ७ गोल गरेका थिए ।
एट्लेटिकोमा पनि खुसी रहेका उनी केही समय अगाडि इंलिस प्रिमियर लिगमा जाने हल्ला पनि चलेको थियो । तर, बार्सिलोनाले उनलाई अनुबन्ध गर्न प्रक्रिया सुरु गरिसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।
१९३ खेलमा १०३ गोल गरेका उनले डियोगो कोस्टासँगको पार्टनरसिप खुबै जमेको बताउँदै आइरहेका छन् ।
बार्सिलोनाका प्रशिक्षक भाल्भारडेले बार्सिलोनाविरुद्ध खेल पुर्व ग्रिजम्यानले आफ्ना गोलहरु जोगाएर राख्न समेत भनेका थिए ।
उनको वाइआउट क्लज २०० मिलियन पाउण्ड रहेको छ । तर, आउने जुनमा उनको वाइआउट क्लज १०० मिलियन पाउण्डमा झर्नेछ । यसका कारण पनि बार्सिलोनाले उनमाथि लगानी गर्न खोजिरहेको बताइएको छ ।
The post बार्सिलोना आउलान् त एन्टोनियो ग्रिजम्यान appeared first on Sajha Post.