काठमाडौँ, २६ फागुन । आजजिम्बाबेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले टेष्ट राष्ट्र अफगानिस्तानसंग प्रतिस्पर्धा गर्दछ ।
चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका यी दुवै टिमका लागि खेल निकै दबाबपूर्ण हुने पक्का छ। किनकी नेपाल र अफगानिस्तान आजको खेलमा गर या मरको अवस्थामा छन् । अफगानिस्तानले नेपाललाई हराए सुपर सिक्स पुग्ने आशा झिनो रहने छ भने नेपालले जिते सुपर सिक्स पुग्ने पुग्ने अवसरसंगै चार वर्षका लागि एक दिवसीय मान्यता पाउने संभावना बढ्ने छ । जसका कारण यी दुवै टिमको खेल आज लडाईजस्तै बन्ने छ ।
अफगानिस्तान सुरुवाती ३ खेलमा पराजित भएको थियो भने नेपाल दुई खेलमा पराजित भएको थियो । नेपालले अझै दुई खेल खेल्न बाँकी छ भने अफगानिस्तानको यो अन्तिम खेल हो । पहिलो खेलमा स्टकल्यान्डसँग पराजित भएको अफगानिस्तान जिम्बावेविरुद्ध पनि हार्यो। जिम्बावेविरुद्ध अफगानिस्तान केवल २ रनले पराजित भएको थियो।
नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार आज दिउँसो सवा १ बजेबाट जिम्बाबेको बुलावायो एथलेटिक, बुलावायो खेल मैदानमा हुनेछ । नेपाल समूह ‘बी’ को अन्तिम स्थानमा छ भने अफगानिस्तान नेपाल भन्दा एक स्थान माथि छ ।
The post विश्वकप छनौटः आज नेपाल र अफगानिस्तान भिड्दै, दुवै टोलीलाई जित्नै पर्ने दबाब appeared first on Sajha Post.