काठमाडौं, २६ फागुन । विश्वकप छनोटमा नेपालले टस जितेर अफगानिस्तानविरुद्ध ब्याटिङमा उत्रिएको छ । नेपाली टोली आफ्नो टिममा केही खेलाडी फेरबदलसहित मैदानमा उत्रिएको छ ।
खेल जिम्बावेको बुलावायो एथलेटिक मैदानमा भइरहेको हो। नेपाली टोलीमा दिलिपनाथको स्थानमा अनिलकुमार साह आएका छन् भने शरद भेष्वाकरको ठाउँमा करण केसी आएका छन् । नेपाली टोली अफगानिस्तानलाई दबावमा राख्ने रणनीतिअनुसार मैदानमा उत्रिएको छ । विश्वकप छनौटमा लगातार तीन खेल गुमाएको अफगानिस्तानले पछिल्ला खेलहरुमा केही सुधार ल्याएको छ । नेपालविरुद्ध जित निकाले अफगानिस्तानको सुपर सिक्समा पुग्ने सपना ब्युँतन्छ ।
सुपर सिक्समा पुग्नका लागि नेपालले भने अफगानिस्तानसँगको आजको खेल र सोमबार हङकङसँग सोमबार हुने दुवै खेल जित्नुपर्ने हुन्छ ।
The post टस जितेर अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल, शरद र दिलिपनाथ बाहिर appeared first on Sajha Post.