काठमाडौं, २६ फागुन । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा अफगानिस्तानविरूद्ध नेपालले १९५ रनको लक्ष्य दिएको छ।
जिम्बाम्बेमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा सबै विकेट गुमाएर १९४ रन जोडेको हो ।
नेपालकका लागि कप्तान पारस खड्काले १ छक्का र १० चौकासहित ८२ बल खर्चिएर सर्वाधिक ७५ रनको योगदान दिए । यस्तै दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै १ छक्का र ३ चौकासहित ४१ बल खर्चिएर ३२ रन जोडे ।
उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि कप्तान पारस खड्कासँग ९२ रनको साझेदारी गरे । उनले ६९ बलमा २ चौका हिर्काउँदै २३ रन बनाएर आउट भए । अर्का ओपनर अनिल साह ७ रनमै आउट भएका थिए ।
नेपालका लागि रोहितकुमार पौडेल १३ बल खेलेर केवल १ रनमा आउट भए भने आरिफ शेखले ३६ बल खेल्दै ३ चौकासहित २३ रन बनाए । त्यस्तै सोमपाल कामी ९ रन बनाएर आउट भए भने करण केसीले एक छक्का प्रहार गरे । सन्दिप लमिछाने भने शून्यमा आउट भए ।
बसन्त रेग्मी ९ रन बनाएर नटआउट रहे भने ललित राजबंशी पनि शून्य रनमा आउट भए ।
नेपाललाई अल आउट गराउन अफगानिस्तानका मोहम्मद नाबीले ४ तथा रासिद खानले पनि ३ विकेट लिए । नाबीले ओडिआईमा १०० विकेट लिएका थिए ।
The post नेपालले अफगानिस्तानलाई दियो १९५ रनको लक्ष्य appeared first on Sajha Post.