Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप छनौटमा नेपाल अफगानिस्तानसँग पनि पराजित, सुपर–६ पुग्ने सम्भावना लगभग समाप्त

$
0
0


काठमाडौं, २६ फागुन । विश्वकप छनोटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८सौं ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

शनिबार जिम्बावेको बुलावायो एथलेटिक मैदानमा समूह ‘बी’ को खेलमा नेपालको लगातार तेस्रो हार हो । यसअघि नेपाल आयोजक जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको थियो ।

नेपालले दिएको १ सय ९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा पार गरेको थियो । नेपाललाई पराजित गर्ने क्रममा अफगानिस्तानका लागि नाजिबुल्लाह जार्डानले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ५१ रन जोडे। उनले ४७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

त्यसअघि मोहमद नाबीले ३४ र रहमत खानले ४६ रन जोडे। दुवैलाई दीपेन्द्रसिंह ऐरीले आउट गरे। सन्दीप लामिछानले जावेद अहमादीलाई सन्दीपले २६ रनमा आउट गरेका थिए भए।ओपनिङमा आएर आक्रमक सुरुवात गरेका अफगानिस्तानका कप्तान रसिद खान १४ बलमा २१ रन बनाएर आउट भए। उनलाई करण केसीले ललित राजवंशीबाट क्याच गरेका हुन्।

हारसँगै नेपालको सुपर सिक्टसमा पुग्ने सम्भावना झनै कमजोर भएको छ भने विजयी अफगानिस्तानको सम्भावना अलि बढेको छ । हङकङ जिम्बावे र नेपालसँग पराजित भएका अफगानिस्तान सुपर सिक्समा पुग्नेछ ।

अर्को खेलमा हङकङ जिम्बाब्वेसँग हार नजिक छ । यदि यो खेल जिम्बाब्वले जित्यो भने सुपर सिक्समा पुग्ने तेस्रो टोलीको टुंगो नेपाल र हङकङबीचको खेलबाट लाग्नेछ ।

समूह चरणको सबै खेल खेलिसकेको अफगानिस्तानसँग २ अंक छ भने हङकङसँग पनि समान दुई अंक छ । अब नेपालले हङकङलाई हरायो भने तीन वटै टोलीको समान २-२ अंक हुनेछ र रन रेटका आधारमा अघिल्लो चरणमा पुग्ने टोली तय हुनेछ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा सबै विकेट गुमाएर १९४ रन जोडेको थियो । नेपालकका लागि कप्तान पारस खड्काले १ छक्का र १० चौकासहित ८२ बल खर्चिएर सर्वाधिक ७५ रनको योगदान दिएका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै १ छक्का र ३ चौकासहित ४१ बल खर्चिएर ३२ रन जोडे ।
उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि कप्तान पारस खड्कासँग ९२ रनको साझेदारी गरे । उनले ६९ बलमा २ चौका हिर्काउँदै २३ रन बनाएर आउट भए । अर्का ओपनर अनिल साह ७ रनमै आउट भएका थिए ।

नेपालका लागि रोहितकुमार पौडेल १३ बल खेलेर केवल १ रनमा आउट भए भने आरिफ शेखले ३६ बल खेल्दै ३ चौकासहित २३ रन बनाए । त्यस्तै सोमपाल कामी ९ रन बनाएर आउट भए भने करण केसीले एक छक्का प्रहार गरे । सन्दिप लमिछाने भने शून्यमा आउट भए ।

बसन्त रेग्मी ९ रन बनाएर नटआउट रहे भने ललित राजबंशी पनि शून्य रनमा आउट भए । नेपाललाई अल आउट गराउन अफगानिस्तानका मोहम्मद नाबीले ४ तथा रासिद खानले पनि ३ विकेट लिए । नाबीले ओडिआईमा १०० विकेट लिएका थिए ।

The post विश्वकप छनौटमा नेपाल अफगानिस्तानसँग पनि पराजित, सुपर–६ पुग्ने सम्भावना लगभग समाप्त appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles