एजेन्सी, २८ फागुन । गएराति भएको स्पेनिस लिग लालिगामा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ३-० गोलले पराजित गरेको छ ।
यस सिजन उच्च फर्ममा रहेको एट्लेटिकाले बार्सिलोनालाई भेट्टाउने आश भने जिवितै राखेको छ ।
एट्लेटिकोका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यानले खेलको ४४ औ मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफमा पनि एट्लेटिको उत्तिकै आक्रमक देखियो ।
एट्लेटिकोका लागि खेलको ५६ औ र ६३ औ मिनेटमा भिटोलो र कोरियाले गोल गरे । यो जितसँगै एट्लेटिकोको २८ खेलमा ६४ अंक भएको छ । बार्सिलोनाको भने ७२ अंक रहेको छ ।
The post एट्लेटिको मड्रिडको सहज जित appeared first on Sajha Post.