
काठमाडाैं, २८ फागुन । आइसीसी विश्वकप छनोट अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल हङकङसँग खेल्दैछ । जिम्बावेमा जारी प्रतियोगितामा यसअघिका सबै तिन खेल नेपालले गुमाएको छ ।
नेपाललाई प्रतियोगिताको सुपर सिक्समा पुग्नको लागि हङकङलाई आज फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ । विजयी मात्रै भएको खण्डमा नेपालले एक दिवसिय क्रिकेट राष्ट्रको मान्यता पाउने सम्भावना भने कायमै छ ।
त्यसका लागि समुह ए का अन्य खेलको नजिता कुर्नुपर्नेछ । आज हङकङसँगको खेलमा सकेको मेहनत गर्ने नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले जानकारी दिए । यस अघि हङकङ र नेपालबीच भएका १२ खेलमा नेपाल ६ खेलमा विजयी भएको छ भने हङकङ ५ खेलमा विजयी भएको छ ।
The post आइसीसी विश्वकप छनोट : आज अन्तिम खेल हङकङसँग खेल्दै नेपाल appeared first on Sajha Post.