Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालले पपुवा न्यूगिनीलाई हरायो, ६ विकेटले नेपाल विजयी

$
0
0


काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत एकदिवसीय मान्यताका लागि भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले ११५ रनको लक्ष्य पाएको थियो । नेपालले २३ ओभरमा ४ विकेटको क्षतीमा उक्त लक्ष्य भेट्टायो ।

दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको हो । पपुवा न्यूगिनीको चार विकेट झारेका ऐरीले अर्धशतक बनाए ।

सुरुवाती चरणमा भने नेपाल धर्मराएको जस्तो देखियो । त्यति राम्रो रहेन । १३ रन जोड्दा दुबै ओपनरहरु आउट भइसकेका थिए । ज्ञानेन्द्र मल्ल १ र अनिलकुमार साह मात्र ९ रनमा आउट भए । थप २२ रन जोड्दा कप्तान पारस खड्का पनि व्यक्तिगत २० रनमा आउट भए ।

तर, दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । शेख व्यक्तिगत २६ रनमा आउट भए । ऐरी ५० रनमा अविजित रहे ।

The post नेपालले पपुवा न्यूगिनीलाई हरायो, ६ विकेटले नेपाल विजयी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles