काठमाडौं, ५ चैत । आइसीसी विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोली स्वदेश फर्केका छन् ।
क्रिकेट इतिहासमै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेर क्रिकेट टोली आज स्वदेश फर्केको हो । एकदिवसीय मान्यता पाएर स्वदेश फर्केको नेपाली क्रिकेट टोलिलार्इ विमानस्थलमा समर्थकले भव्य स्वागत गरेका छन् ।
नेपालले समूह चरणको खेलमा हङकङलार्इ र प्लेअपको खेलमा पपुवा नयूगिनीलार्इ हराउँदै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाएको छ ।
नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित नेपाली क्रिकेटप्रेमीहरुको ठूलो समूहले स्वागत गरेको थियो ।
१० देशको सहभागिता रहेको विश्वकप छनौट प्रतियोगितामा दुई खेल जितेको नेपाल आठौँ स्थानमा रह्यो ।
The post नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भब्य स्वागत appeared first on Sajha Post.