Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

उल्टी हुने समस्याबारे यसो भन्छन् लियोनल मेस्सी

$
0
0

एजेन्सी, ६ चैत । केही खेलहरुमा लियोनल मेस्सीले उल्टी गरेको दृश्यहरु सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उनी बिरामी भएका कारण उल्टी गरेको बताइएको थियो ।

तर, यस रहस्यबारे लियोनल मेस्सी बोलेका छन् ।

सन् २०१४ को रोमानिया विरुद्धको मैत्रीपुर्ण खेलमा उनले खेल मैदानमा नै उल्टी गरेका थिए । त्यस्तै विश्वकप छनोट खेलमा बोलिभिया विरुद्ध पनि उनले उल्टी गरेका थिए । तर, अब मेस्सीले उक्त समस्याबाट आफु मुक्त भएको बताएका छन् ।

आफ्नो खानपानमा ध्यान नदिदाँ यस्तो समस्या भएको बताएका छन् । उनले अस्वस्थ खाद्यपदार्थ खाएका कारण यस्तो समस्या भोग्नु परेको बताएका छन् ।

उनले भनेका छन्, ‘खानेकुरामा मैले ध्यान नदिदाँ बारम्बार खेल्ने समयमा उल्टी हुने गरेको थियो । अब भने यस्तो समस्या छैन । म स्वस्थ खाना खान थालेको छु । फास्टफुड प्राय खाँदिन । वाइन निकै कम पिउने गरेको छु ।’

उनले एक अमेरिकन टिभीसँग बोल्ने क्रममा भनेका छन्, ‘मलाई थाहा छैन मैले कति खराब भोजन गरे, धेरै वर्ष यसरी नै बित्यो ।’

उनले थप्दै भने, ‘जब मलाई उल्टी हुन थाल्यो तब मैले यस कुराको महसुस गर्न थाले र तुरुन्त नै आफ्नो स्वभावमा परिवर्तन ल्याए । राम्रो कुरा के हो भने जब तपाई परिवारसँग हुनुहुन्छ यस्ता कुराहरुबाट पर जान सक्नुहुन्छ ।’

लियोनल मेस्सीका तीन छोराहरु माटियो, थियागो र सिरो रहेका छन् ।

The post उल्टी हुने समस्याबारे यसो भन्छन् लियोनल मेस्सी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles