काठमाडौं, ८ चैत । चैत १४ गतेका लागि तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ।
आफूहरुलाई निर्वाचनबाट वञ्चित गराइएको भन्दै भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले रिट दायर गरेपछि अदालतले निर्वाचन रोक्न आदेश दिएको हो ।
रिटमा सुनुवाइ गर्दै न्यायाधीश राजकुमार वनको इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
निर्वाचनमा आफूलाई पनि सहभागी गराउनुपर्ने भन्दै दुई फुटबल संघले एन्फालाई विपक्षी बनाएर बुधबार निषेधाज्ञा मुद्दा दायर गरेका थिए । उच्च अदालतले उनीहरुलाई समावेश नगर्नुको कारण १५ दिनभित्र लिखित रुपमा पेश गर्न एन्फालाई भनेको छ ।
चैत १४ गते हुने निर्वाचनमा एन्फाको अध्यक्षमा कर्मा छिरिङ लामा र मणि कुँवरले उम्मेदवारी दर्ता गरिसकेका छन्।
The post एन्फाको निर्वाचन राेक्न उच्च अदालतको आदेश appeared first on Sajha Post.