Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्पेनले अर्जेन्टिनाविरुद्ध गोलको वर्षा गरेपछि…

$
0
0

एजेन्सी, १४ चैत । सन् २०१८ मा रसियामा हुने विश्वकपको दाबेदार मानिएको देश अर्जेन्टिनाको लज्जास्पद हार भएको छ । आज राति भएको खेलमा स्पेनले अर्जेन्टिनाविरुद्ध गोलको वर्षा गरेको छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेटिनालाई ६–१ गोलले पराजित गरेको हो । स्पेनका लागि इस्कोले ह्याट्रिक गरे ।

स्पेनका लागि उनले खेलको २७, ५३ र ७४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । स्पेनका लागि पहिलो गोलको अग्रता भने डिएगो कोस्टाले खेलको १२ औँ मिनेटमा दिलाएका थिए ।

त्यसैगरी अन्य २ गोल खेलको ५५ औँ मिनेटमा थियागोले र ७३ औँ मिनेटमा असपासले गरे ।

अर्जेन्टिनाका लागि तीन प्रमुख खेलाडी लियोनेल मेसी, सर्जियो एग्युएरो र एन्जेल डि मारिया भने मैदानमा थिएनन् । चोटग्रस्त भएकाले उनीहरु खेलेका थिएनन् । केही दिन अगाडि भएको मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले इटालीलाई २–१ ले पराजित गरेको थियो ।

The post स्पेनले अर्जेन्टिनाविरुद्ध गोलको वर्षा गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles