एजेन्सी, १५ चैत । ‘बल टेम्परिङ’ को विवादपछि एक वर्षका लागि प्रतिबन्धमा परेका अष्ट्रेलियाली क्रिकेट टिमका कप्तान स्टिभ स्मिथले सार्वजनिकरुपमा रुँदै माफी मागेका छन् ।
उनी अघि उपकप्तान डेविड वार्नरले इन्साटाग्राम र कैमरन बेनक्रोफ्टले ट्वीटरबाट अष्ट्रेलियाली जनतासँग माफी मागेका थिए । देश फर्किएलगत्तै विमानस्थलमै पत्रकार सम्मेलन गरेर स्मिथले माफी मागेका हुन् । उनले भने,‘म कसैलाई दोष दिन्नँ, म अष्ट्रेलियाली टिमको कप्तान थिए । पछिल्लो शनिबार जे भयो त्यसबारे मैले जान्नुपर्थ्यो । त्यसैले त्यसमा म जिम्मेवार छु । त्यो ठूलो भुल थियो । यसको परिणाम म अब थाहा पाउँदैछु ।’ यसरी स्पष्टीकरण दिइरहँदा उनी भक्कानिँदै रोएका थिए ।
त्यसअघि उपकप्तान वार्नरले आफ्नो इन्सटाग्रामाबाट माफी माग्दै लेखेका थिए,‘म अष्ट्रेलिया र विश्वका सबै क्रिकेट फ्यानसँग माफी माग्छु । म सिड्नी जाँदै छु । मबाट ठूलो गल्ती भयो, जसले गर्दा क्रिकेटलाई घाटा पुगेको छ । म घटनाको जिम्मेवारी लिन्छु ।’
त्यस्तै बेनक्रोफ्टले ट्वीटरमा लेखेका छन्, ‘मलाई एकदमै दुःख लागेको छ । म एकदमै निराश छु । मलाई आफ्नो गल्तिमाथि जीवनभरी पछुतो रहनेछ । मैले झूट बोलेँ । मैले रेगमालबारे झूटो बोलेँ । त्यस अवस्थामा म एकदमै डराएको थिएँ । मैले अष्ट्रेलियामा सबैलाई निराश बनाएको छु । हामी सबैले जे गर्यौं त्यसका लागि म माफी माग्छु । म समाजलाई आफ्नो सर्वश्रेष्ठ दिन्छु ।’
बुधवार क्रिकेट अष्ट्रेलियाले स्मिथ र वार्नरमाथि एक एक वर्षको प्रतिबन्ध लगाएको छ जसका कारण यी दुई खेलाडी आईपीएलबाट पनि बाहिरिएका छन् । कैमरन बेनक्रोफ्टमाथि नौ महिनाको प्रतिबन्ध लगाइएको छ ।
Watch LIVE: Steve Smith addresses the media after returning home to Sydney https://t.co/ljh0A32bMh
— cricket.com.au (@CricketAus) March 29, 2018
The post बल टेम्परिङपछि स्टिभ स्मिथले रुँदै यसरी मागे माफी (भिडियोसहित) appeared first on Sajha Post.