Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोसँग तुलना गर्दै मेस्सीबारे यसो भनेपछि…

$
0
0

एजेन्सी, १६ चैत । मैत्रीपुर्ण खेलमा स्पेनसँग लज्जास्पद हार व्यहोरेको अर्जेन्टिनाको पछिल्लो समय सर्वत्र आलोचना भइरहेको छ ।

यसै विषयलाई लिएर अर्जेन्टिनाका एक खेलाडी हिगो गाटीले आफ्नो प्रतिक्रिया दिएका छन् । इटालीलाई पराजित गरे पनि अर्जेन्टिनाको असली समस्या भने स्पेनविरुद्धको खेलमा देखिएको थियो । मेस्सीबिना नै उत्रिएको अर्जेन्टिनाले डराएर खेलेको हिगाे गाटीले बताएका छन् ।

चोटका कारण खेल नखेलेका मेस्सीलाई लक्षित गर्दै उनले लियोनल मेस्सीले मैत्रीपुर्ण खेल खेल्नुपर्ने बताएका छन् ।

उनले रोनाल्डोसँग तुलना गर्दै घाइते भएको बेलामा समेत रोनाल्डोले खेल खेलेको तर मेस्सीले नखेलेको बताएका हुन् ।

अर्जेन्टिनाका पूर्व गोलकिपर गाटीले अर्जेन्टिनाको तयारी कम भएको समेत बताएका छन् । उनले मेस्सीलाई बारम्बार रोनाल्डोसँग तुलना गर्दै भनेका थिए ।

मेस्सीलाई मैदानमा हेर्न चाहने ठुलो जमात रहेको छ । मेस्सीप्रति उनका फ्यानहरुको ठुलो भरोसा रहेको छ, आउने विश्वकपमा अर्जेन्टिनामाथि पनि कडा दबाब रहेको उनले बताए ।

The post रोनाल्डोसँग तुलना गर्दै मेस्सीबारे यसो भनेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles