Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाको सानदार जित, रोमाको लज्जास्पद हार

$
0
0

 

एजेन्सी, २२ चैत । घरेलु मैदानमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब रोमालाई ४–१ गोलले पराजित गरेको छ । रोमाका खेलाडी आत्मघाती गोल गर्दा बार्सिलोनाले अग्रता लिन पुगेको थियो ।

खेलको ३८ औं मिनेटमा आन्द्रेज इनियष्टाले लियोनल मेस्सीलाई दिएको पास क्लियर गर्न खोज्दा रोमाका डिफेन्डर ड्यानियल डी रोसीले आत्मघाति गोल गरेका थिए ।

त्यस्तै,खेलको ५५ औं मिनेटमा रोमाले अर्को आत्मघाती गोल गर्न पुग्यो । उम्टीटीको बल क्लियर गर्न खोज्दा मोनालासले अर्को आत्मघाति गोल गर्न पुगे जसका कारण बार्सिलोनाले अग्रता दोब्बर बनाउन पुग्यो ।

पहिलो हाफमा खासै आक्रमक नदेखिएको बार्सिलोना दोस्रो हाफमा भने बलियो देखिएको थियो । सेभिल्लाले गरेको काउन्टर अट्याकलाई फेल गर्न बार्सिलोनाका डिफेण्डरलाई हम्मेहम्मे परेको थियो ।

जेरार्ड पिकेले खेलको ५९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता बढाए । खेलको ८७ औं मिनेटमा लुइज स्वारेजले गोल गरे । रोमाका लागि एकमात्र गोल इडिन जेकोले गरेका थिए ।

The post बार्सिलोनाको सानदार जित, रोमाको लज्जास्पद हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles