Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगको दाबेदार मानिएको म्यानचेस्टर सिटीको लज्जास्पद हार

$
0
0

एजेन्सी, २२ चैत । बुधबार राति भएको च्याम्पियन्स लिग खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-० गोलले पराजित गरेको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा म्यान सिटी लिभरपुलको सामु निरिह देखियो ।

खेलको १२ औ मिनेटमा मोहमम्द सलाहाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

खेलको २१ औ मिनेटमा एलेक्स अक्लेस च्याम्बरलेनले गोल गरे । दुई गोल खाएको सिटी झनै हतास भयो जब खेलको ३१ औ मिनेटमा साइडो मानेले गोल गरे । दोस्रो हाफमा भने सिटीले काउन्टर अट्याकिङ खेल खेले पनि गोल गर्न भने सकेन ।

पहिलो लिग खेलमा लिभरपुलले ३ गोलको अग्रता लिएको छ ।

अर्को हप्ता सिटीको मैदानमा हुने खेलमा लिभरपुलले कस्तो खेल प्रदर्शन गर्ने हो सबैको चासोको विषय बनेको छ ।

च्याम्पियन्स लिगको दाबेदार मानिएको सिटीको लज्जास्पद हार हुनुले फुटबल विश्लेषकहरु पनि अचम्मित परेका छन् ।

The post च्याम्पियन्स लिगको दाबेदार मानिएको म्यानचेस्टर सिटीको लज्जास्पद हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles