एजेन्सी, २२ चैत । च्याम्पियन्स लिगको पहिलो लिग चरणको खेलका लागि लिभरपुल आएको म्यानचेस्टर सिटी टिमको बसमाथि आक्रमण भएको थियो ।
उक्त घटना अमर्यादित र अप्रत्यासित भएकोभन्दै लिभरपुलले माफी मागेको छ ।
लिभरपुल तथा प्रशिक्षक उर्गेन क्लपले एक विज्ञप्ति जारी गर्दै माफी मागेको हो ।
विज्ञप्तिमा लिभरपुलले म्यानचेस्टर सिटीका प्रशिक्षक, स्टाफ, खेलाडीहरुसँग माफी मागेको छ ।
विज्ञप्तिमा भनिएको छ, जसले पनि यी हर्कतहरु गरेका छन्, ‘ती सबैलाई कारबाहीको दायरामा ल्याइने । जे भयो अत्यन्त दुःखदायी घटना भएको छ ।’
The post लिभरपुलले म्यानचेस्टर सिटीसँग माफी माग्यो appeared first on Sajha Post.