एजेन्सी, २३ चैत । गएराति भएको युरोपा लिगमा आर्सनलले रसियन क्लब सिएसकेए मस्कोलाई ४-१ गोलले पराजित गरेको छ ।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि आरोन रामसेले दुई र लाकाजेटीले दुईदुई गोल गरेका थिए ।
प्रिमियर लिगमा खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको आर्सनलका लागि च्याम्पियन्स लिगमा छनोट हुने युरोपा लिग मात्र एउटा अवसर रहेको छ ।
यो जितसँगै आर्सनलको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना निकै बलियो भएको छ ।
उता एट्लेटिको मड्रिडले स्पोर्टिङ सिपीलाई २-० गोलले पराजित गरेको छ ।
एट्लेटिकोका लागि कोक र एन्टोनियो ग्रिजम्यानले एकएक गोल गरेका थिए । पहिलो लिग चरणमा सहज जित हात पारेको एट्लेटिको युरोपा लिग जित्ने बलियो टोली भएको फुटबल विश्लेषकहरु बताउँछन् ।
त्यस्तै लाजियोले साल्र्जबर्गलाई ४-२ गोलले पराजित गरेको छ । जर्मनी क्लब लिपजिजले मार्सेलेलाई १-० गोलले पराजित गरेको छ ।
The post युरोपा लिगः आर्सनल, एटलेटिको मड्रिड, लाजियो र लिपजिगको सहज जित appeared first on Sajha Post.