Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

खेल क्षेत्रमा राजनीतिकरण हुन दिन्न- मन्त्री श्रीपाइली

$
0
0

Daljit Sirpailiचितवन, ४ भदौ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा राजनीतिकरण हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

चितवनको भरतपुरमा शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विधि र प्रक्रियाअनुसार नै काम गर्ने भन्दै राजनीतिकरण हुनबाट रोक्ने बताए ।

प्रेस सेन्टर नेपाल चितवनको आयोजनामा भएको पत्रकार भेटघाटका क्रममा उनले अन्य राजनीतिक दलको भावनालाई समेत समेटेर सहकार्यका हिसाबले विधि र प्रक्रिया अनुसार आफू अगाडि बढ्ने प्रष्ट्याए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) विवादका विषयमा पत्रकारले सोधेको जिज्ञासामा उनले क्यानमा देखिएको विवाद आफ्नै पालोमा समाधान गरेरै छाड्ने जिकिरसमेत गरे । साग खेल नेपालमा हुन लागेकोमा खुसी व्यक्त गर्दै उनले तयारीमा मन्त्रालय लागिपरेको जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय खेल मैदान निर्माणलाई प्राथमिकता दिँदै स्पोट्र्स विश्वविद्यालयको अवधारणा आफूले अघि सारेको जानकारी दिए ।

‘स्पोट्र्स युनिभर्सिटीको अवधारणा अघि सारिएको छ, मन्त्री श्रीपाइलीले भने, ‘यसका लागि अध्ययन टोलीसमेत खटाइसकेको छु नेपालमा यो सम्भव छ ।’ रासस

The post खेल क्षेत्रमा राजनीतिकरण हुन दिन्न- मन्त्री श्रीपाइली appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles