Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सन्दीपकाे सहभागिता रहेकाे ​आइपिएल क्रिकेट टिम पराजित, सन्दीप मैदान उत्रनै पाएनन्

$
0
0

काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट टिम दिल्ली डेयर डेभिल्स पराजित भएको छ । जहाँ नेपालका सन्दीप लामिछानेको पनि सहभागिता रहेको थियो । तर आजको पहिलाे खेलमा भने सन्दीप मैदानमै नउत्रिएरै खेल सकिएको छ ।

दिल्ली किंग्स इलाभेन पञ्जावसँगको पहिलो खेलमा दिल्लीले ६ विकेटले भोग्नु परेको हो । मोहालीमा टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले गौतम गम्भिरको ५५ रन मद्दतमा १ सय ६६ रन बनाएको थियो ।

१ सय ६७ रनको लक्ष्य पञ्जावले १८ ओभर ५ बलमा ४ विकेट गुमाए भेटायो । पञ्जावको जितमा केएल राहुलले १६ बलमा ५१ रन बनाए भने करुण नायरले ५० रन बनाए ।

The post सन्दीपकाे सहभागिता रहेकाे ​आइपिएल क्रिकेट टिम पराजित, सन्दीप मैदान उत्रनै पाएनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles