एजेन्सी, २७ चैत । गएराति भएको इन्डियन प्रिमियर लिग अन्तर्गत खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई नौ विकेटले पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १ सय २५ रन मात्र बनाउन सफल भएको थियो।
सुरुवातमा नै झट्का लागेको उसले ६ रन हुदा पहिलो विकेट गुमायो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके ।
जसमा सञ्जु सामसोनले ४९ तथा कप्तान अजिन्क्या राहानेले १३, श्रेयस गोपालले १८ र राहुल त्रिपाठीले १७ रन बनाए । बाँकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।
राजस्थानलाई कम स्कोरमा रोक्न हैदरावादका सकिव अल हसन र सिद्धार्थ कउलले दुई दुई विकेट लिए ।
जवाफमा घरेलु टिम हैदरावादले १५ ओभर ५ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
उसका लागि शिखर धवनले अविजीत ७७ तथा कप्तान केन विलियम्सनले अविजीत ३६ रन बनाए । उसले एक विकेट मात्र ६ रन हुदा गुमाएको थियो ।
त्यसपछि धवन र विलियम्सनले सतकिए साझेदारी गर्दै टिमलाई जित दिलाए ।
The post इन्डियन प्रिमियर लिगः राजस्थान रोयल्स नौ विकेटले पराजित appeared first on Sajha Post.