Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः युभेन्ट्सलाई फेरि पाखा लगायो रियल मड्रिडले

$
0
0

एजेन्सी, २९ चैत । बुधबार राति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध सानदार कमव्याक गरेको इटालियन क्लब युभेन्ट्सले अन्तिम मिनेटमा रोनाल्डोलाई रोक्न नसक्दा सेमिफाइनलमा पुग्न असफल भएको छ ।

पहिलो लिग चरणमा ३ गोलको अग्रता बनाएको रियलले आफ्नै घरेलु मैदानमा भने ३-१ गोलले पराजित भएको हो । सम्रगमा ४-३ गोलले जित हात पार्दै रियलले सेमिफाइनलको यात्रा तय गरेको हो ।

रियलको घरेलु मैदान बर्नबाउमा भएको खेलको सुरुवातदेखि नै युभेन्ट्स आक्रामक देखियो । उसका लागि मारियो मान्डुजिकले खेलको दोस्रो मिनेटमा नै गोल गरे ।

खेलको ३७ औ मिनेटमा उनले नै दोस्रो गोल गर्दै च्याम्पियन्स लिगको अर्को चरणमा जाने आश जिवितै राखे ।

खेलको ६७ औ मिनेटमा डगलास कोस्टाले गोल गरेपछि खेल तीनतीन गोलको बराबरीमा पुगेको थियो ।

तर,युभेन्ट्सलाई तब झट्का लाग्यो जब रियलले खेलको ९० औ मिनेटमा पेनाल्टी पायो ।

पेनाल्टीको विरोध गरेका युभेन्ट्सका गोलरक्षक बुफोनले सोझै रातो कार्ड पाए ।

पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले गोल गरे । यो जितसँगै रियलले युभेन्ट्सलाई पाखा लगाउँदै ऐतिहासिक जित हात पारेको छ ।

The post च्याम्पियन्स लिगः युभेन्ट्सलाई फेरि पाखा लगायो रियल मड्रिडले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles