Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

दश जनामा सिमित बार्सिलोना बराबरीमा रोकियो

$
0
0

एजेन्सी, ५ वैशाख । मंगलबार राति भएको स्पेनिस लालिगामा बार्सिलोनालाई सेल्टाभिगोले २–२ गोलको बराबरीमा रोक्न सफल भएको छ ।

स्पेनिस लिगको उपाधि नजिक रहेको बार्सिलोनालाई सेल्टा भिगोले कडा टक्कर दिएको हो । सेल्टा भिगोको मैदानमा भएको खेलमा बार्सिलोनाले अग्रता लिएको थियो ।

बार्सिलोनाका लागि ३६ औ मिनेटमा ओउसमाने डेम्बेलेले गोल गरे । तर, खेलको ४५ औ मिनेटमा सेल्टा भिगोका जोनीले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा ६४ औ मिनेटमा अल्कासरले बार्सिलोनालाई पुन अग्रता दिलाए ।

तर, खेलको ७१ औ मिनेटमा बार्सिलोनाका खेलाडी सर्जियो रोबर्ट रातो कार्ड खाँदै बाहिरिए ।

खेलको ८२ औ मिनेटमा १० जनामा सिमित बार्सिलोनाविरुद्ध सेल्टा भिगोका इयागो आसपासले बराबरी गोल फर्काए ।

यो बराबरीसँगै बार्सिलोनाको अपराजित नयाँ किर्तिमान बनेको छ । त्यस्तै ३३ खेलमा बार्सिलोनाको ८३ अंक भएको छ । उता सेल्टा भिगोको जम्मा ४४ अंक रहेकोछ ।

The post दश जनामा सिमित बार्सिलोना बराबरीमा रोकियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles