Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सीर ८ देखि १५ गतेसम्म

$
0
0

Rakhepaइटहरी, १० भदौ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आगामी मङ्सीर ८ देखि १५ गतेसम्म सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुनेगरी मिति तय भएको बताएका छन् ।

प्रेस चौतारीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव विष्टले सो कुरा स्पष्ट पार्दे अहिले नेपालले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितासँगै सन २०१८ मा नेपालले आयोजना गर्ने १३ औँ साफको पनि तयारीमा जुटेको जानकारी दिए।

दुई पटकसम्म विविध कारणले सातौँ खेलकुद आयोजनाको मिति तोकिएपछि पनि मिति सार्नु परेको दुःखद् अवस्थालाई चिर्दै अब पूर्वाञ्चलमा पहिलो र अन्तिम पटक सातौँ खेलकुद प्रतियोगिता हुन लागेको हो भन्दै सदस्य सचिव विष्टले अब प्रदेशका रुपमा खेलकुद आयोजना हुन सक्ने बताए ।

अहिलेको संरचनाअनुसार मेचीका झापा र इलाम, कोसीको सुनसरी र मोरङ तथा सगरमाथाका सप्तरी र सिरहा जिल्लामा राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने ३५ खेलको प्रतियोगिता हुनेमा पहिले नै तीन खेल स्वीमिङ, ट्रायथोलन र शारीरिक सुगठनका राष्ट्रिय प्रतियोगिता भइसकेको पनि सदस्य सचिव विष्टले जानकारी गराए ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मोरङमा ११ वटा सुनसरीमा १३ वटा झापा पाँच वटा सिरहा र सप्तरी तथा इलाममा १–१ गरी जम्मा ३२ खेलको प्रतियोगिता सञ्चालनमा रहने छन् ।

मोरङको विराटनगरमा राष्ट्रपतिबाट उद्घाटन हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन सुनसरीको धरानमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने गरी तयारी तीव्र पारिएको पनि सदस्य सचिव विष्टले जानकारी दिए ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि ३७ करोड ६८ लाख आवश्यक पर्ने सरकारसँग प्रस्ताव गरिसकिएको जानकारी दिदै सदस्य सचिव विष्टले खेलमा समावेश हुने ३२ खेलका खेलाडी अफिसियल कर्मचारी प्रशिक्षकलगायत गरी छ हजार २८३ जनाको सहभागिता रहने प्रारम्भिक आँकडा पनि दिएका छन् ।

त्यसैगरी खेलकुदलाई मर्यादित र अहिलेसम्मकै विशिष्ट तुल्याउका लागि विभिन्न १३ वटा उपसमितिको गठन भइसकेको र भदौ १५ देखि असोज १४ सम्म विभिन्न खेलको छनोट प्रतियोगिता सम्पन्न गरी कात्तिक २५ देखि मङ्सिर ३ सम्ममा क्षेत्रीयस्तरका छनोट पनि सिध्याएर मङ्सिर १ देखि ७ सम्म सबै खेलको क्लोज क्याम्प सिध्याएर मङ्सिर ८ मा उद्घाटन भई ९ गतेदेखि सबै खेलका अन्तिम चरणका खेल सञ्चालनको तयारी भएको बताइएको छ । रासस

The post राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सीर ८ देखि १५ गतेसम्म appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images