एजेन्सी, ९ वैशाख । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरसँग दिल्ली डेयरडेभिल्स ६ विकेटले पराजित भएको छ ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन जोड्यो । बैंगलोरले १८ ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो ।
बैंगलोरको पाँच खेलमा यो दोस्रो जित हो । दिल्लीको अवस्था भने झन् कमजोर भएको छ । यो उसको चौथो हार हो ।
बैंगलोरका लागि एविडी भिलियर्सले नटआउट ९० रन जोडे । कप्तान विराट कोहलीले ३० रन जोडे ।
बलिङतर्फ हर्सल पटेल, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले एकएक विकेट लिन सफल भए ।
दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ८५ रन जोडे ।
श्रेयस ऐयरले अर्धशतक पूरा गरे। उनले ५२ रन जोडे ।
The post इन्डियन प्रिमियर लिग: दिल्ली डेयरडेभिल्स ६ विकेटले पराजित appeared first on Sajha Post.