Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाले गोलको वर्षात् गर्दै जित्यो ‘कोपा डेल रे’को उपाधि

$
0
0

एजेन्सी, ९ वैशाख । शनिबार राति सम्पन्न ‘कोपा डेल रे’को फाइनल खेलमा बार्सिलोनाले सेभिल्लाविरुद्ध ५-० गोलको वर्षात् गर्दै उपाधि जितेको छ ।

यस सिजनको पहिलो उपाधि जितेको बार्सिलोना स्पेनिस लिग लालिगा पनि जित्ने तयारीमा रहेको छ ।

बार्सिलोनाले लगातार चारपटकसम्म कोपा डेल रेको उपाधि जित्न सफल भएको हो ।

वान्डा मेट्रो पोलिटानामा भएको खेलको १४ औ मिनेटमा लुइज स्वारेजले गोल गरे । खेलको ३१ औ मिनेटमा लियोनल मेस्सीले दोस्रो गोल गरे ।

यस सिजन उच्च फर्ममा रहेका लुइज स्वारेजले खेलको ३८ औ मिनेटमा तेस्रो गोल गरे भने व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो हाफमा पनि बार्सिलोना थप आक्रामक नै देखियो ।

बार्सिलोनाकालागि इनियस्टा र फिलिपिन्हो कोटिन्होले एकएक गोल गरे । यो जितसँगै बार्सिलोनाले ३० औ पटक कोपा डेल रे जित्न सफल भएको छ ।

The post बार्सिलोनाले गोलको वर्षात् गर्दै जित्यो ‘कोपा डेल रे’को उपाधि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles