Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगले जिदानको भविष्य निर्धारण गर्ला त ?

$
0
0

एजेन्सी, १८ वैशाख । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले च्याम्पियन्स लिगको सफलताले मात्रै आफ्नो भविष्य निर्धारण नगर्ने बताएका छन् ।

मंगलबार राति च्याम्पयन्स लिगको सेमिफाइनल खेलको दोस्रो लिग खेल पुर्व उनले आफ्नो रियलमा आफ्नो भविष्यबारे बोलेका हुन् । लगातार दुईपटक च्याम्पियन्स लिग जिताएर सफल प्रशिक्षकको उपमा पाएका उनले यस सिजन भने सन्तुलित खेल दिन भने सकेनन् ।

स्पेनिस लि ला लिगामा बार्सिलोनाले धेरै अंक पछि पारेपछि उनको व्यापक आलोचना भएको थियो । तर, च्याम्पिन्स लिगमा सफल रहेका कारण उनको जागिर धरापमा नरहेको फुटबल विश्लेषकहरु बताउँछन् ।

जिदान भन्छन्,’ च्याम्पियन्स लिगको सफलताले मात्रै मेरो भविष्य निर्धारण गर्दैन । म हाल रियलको प्रशिक्षक हुँ । बार्यनसँगको खेलविरुद्ध मेरो पुर्ण ध्यान केन्द्रित रहेको छ । यो काम गर्ने समय हो, हल्ला त त्यस्तै पनि चलिरहन्छ ।’

‘क्लबले के निर्णय गर्छ त्यसबारे सोच्नुभन्दा पनि हाल रियलले कसरी सफलता पाउन सक्छ त्यसबारे म बढी सोचिरहेको छु’, उनले भने ।

सन् २०१६ मा राफयल बेनेटिज रियलबाट निकालिएपछि जिदानले प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनी प्रशिक्षक भएर आएपछि रियलले च्याम्पियन्स लिग, लिग उपाधिहरु जित्न सफल भएको थियो ।

The post च्याम्पियन्स लिगले जिदानको भविष्य निर्धारण गर्ला त ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles