Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नतिजा उल्टाउने दाउमा बार्यन म्युनिख, बार्सिलोनाका कारण उच्च दबाबमा रियल मड्रिड

$
0
0

एजेन्सी, १८ वैशाख । च्याम्पियन्स लिगको सेमिफाइनल खेलको दोस्रो लिग चरणमा आज रियल मड्रिड र बार्यन म्युनिख आमने सामने गर्दैछन् । बार्यनको घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिख रियलसँग २-१ गोलले पराजित भएको थियो ।

दुई अवे गोलको अग्रता बनाएको रियल लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्ने दाउमा रहेको छ । पहिलो लिगमा पराजित भए पनि नतिजा उल्टाउँदै फाइनलमा पुग्ने योजना बार्यनले बुनेको छ । बार्यनका स्टार खेलाडी आर्जेन रोब्बेन घाइते छन् ।

रियलविरुद्धको खेलमा उनी केही मिनेटमा नै मैदान छाड्न बाध्य भएका थिए । चोटका कारण अर्का महत्वपुर्ण खेलाडी बोयटिङ पनि खेल्ने नखेल्ने दोधारमा रहेका छन् ।

तर, अन्य आशलाग्दा खेलाडीहरुका कारण पनि बार्यनले नतिजा उल्टाउन सक्ने फुटबल विश्लेषकहरुको भनाइ छ । रियलका स्टार खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, एसिन्सियो, मार्सेल, कार्भाजाल जस्ता खेलाडीहरु उच्च फर्ममा रहेका छन् ।

रियलको घरेलु मैदानमा खेल भए पनि रियल उच्च दबाबमा रहेको छ । यस सिजन डिफेन्स र बारम्बार गोल गर्न चुकेका स्टाइकरका कारण रियल समस्यामा रहेको हो ।

ग्यारेथ बेल, करिम बेन्जेमा जस्ता खेलाडीहरु फर्ममा रहेका छैनन् । बार्सिलोनाले दुईवटा उपाधि जितिसकेको छ । यसको दबाब पनि रियलले पक्कै महसुस गरेको छ ।

उता बुण्डेस लिगा जितिसकेको बार्यनकोे पुर्ण ध्यान च्याम्पियन्स लिगमा रहेको छ भने बार्सिलोनाविरुद्धको खेलले पनि रियल उच्च दबाबमा छ ।

The post नतिजा उल्टाउने दाउमा बार्यन म्युनिख, बार्सिलोनाका कारण उच्च दबाबमा रियल मड्रिड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles