Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपिएलः दिल्लीको अर्को हार, चेन्नई सुपरकिंग्स अंक तालिकाको शीर्षस्थानमा

$
0
0

पुणे, १८ वैशाख । आइपिएल-११ को सोमबार एमसीए स्टेडियममा भएको खेलमा चेन्नई सुपरकिंग्सले दि्ली डेयरडेभिल्साई १३ रनले हराएको छ । चेन्नईले सुरुमा ब्याटिङ गर्दै २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन जोड्यो । दिल्ली डेयरडेभिल्सले २० ओभरमा ५ विकेट गुमाउँदै १९८ रन जोड्न सक्यो ।

जितपछि चेन्नई पुनः अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । उसले अहिलेसम्म ८ खेल खेल्दै ६ खेल जितेको छ । उता दिल्ली भन्ने अंक तालिकाको पुछारमा झरेको छ । दिल्लीले ८ खेल खेलेकोमा केवल २ खेल मात्र जितेको छ । यो खारसँगै दिल्लीको प्लेअफमा पुग्ने झिनो सम्भावना मात्र बचेको छ ।

चेन्नईका लागि शेन वाट्सन म्यान अफ द म्याच बने । उनले ४० बलमा ७८ रन बनाए । उनी अमित मिश्राको बलमा लियान प्लंकेटको हातबाट क्याच आउट भए । यसैगरी चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ५ छक्का र २ चौकासहित २२ बलमा ५१ रन जोडेर टिमको स्कोर २११ पुर्‍याउन महत्वपूर्ण भूमिका खेल । रायुडु र डु प्लेसिसले पनि टिमलाई राम्रो योगदान दिए । रायुडुले २४ बलमा ४१ रन र डु प्लेसिसले ३३ बलमा ३३ रन बनाए ।

यो खेलमा धोनीको उत्कृष्ठ प्रदर्शनसँगै उनको नाममा नयाँ रेकर्ड बनेको छ । धोनीले आइपिएलमा कुल ३३५६ रन बनाएका छन् । कुनै पनि कप्तानको नाममा यस खेलमा यति रन अरुले जोड्न सकेका छैनन् । यसअघि यो रेकर्ड दिल्ली डेयरडेभिल्सका पूर्वकप्तान गौतम गम्भीरको नाममा थियो । गम्भीरले आइपिएलमा ३५१८ रन बनाए । तर, अब उनी कप्तानको भूमिकामा छैनन् । यसकारण यो रेकर्ड धोनीको नाममा सरेको हो ।

दिल्लीको सुरुवात राम्रो रहन सकेन । पारीको १०औं बलमा नै पृथ्वी १० रनको निजी स्कोरमा प्याभेलियन फर्किए । पृथ्वीको स्थानमा आएका कप्तान श्रेयस अय्यर र कलिन मुनरोले ३६ रन जोडे । तर केएम आसिफको एक बललाई सीमारेखा पारी पुर्‍याउने चक्करमा मुनरो कर्ण शर्माको हातबाट क्याच आउट भए ।

कलकत्ता नाइटराइडर्स विरुद्ध दिल्लीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेयसको ब्याटिङ सोमबार खासै चलेन । दिल्लीको स्कोरकार्डमा जब ६४ रन थियो, तब उनी पनि आएट भए । उनको स्थानमा आएका ग्लेन मैक्सवेल केवल ६ रनमा नै प्याभेलियन फर्किए ।

त्यसपछि रिसभ पन्त र विजय शंकरले ५औं विकेटका लागि ८८ रन जोडे । उनीहरुको खेलले जित दिल्लीको पोल्टामा पनि पर्न सक्ने अन्तिम समयसम्म सम्भावना रह्यो । यद्यपि १८औं ओभरको चौथो बलमा लुंगीको बलमा रिसभको प्रहार क्याच गर्न रविन्द्र जडेजाले कुनै गल्ती गरेनन् । रिसभले ४५ बलमा ७९ रन बनाए ।

रिसभको स्थानमा आएका विजय शंकरले अन्तिम बलसम्म संघर्ष गरे । उनले १९औं ओभरमा ३ छक्का प्रहार गरे । खेलको अन्तिम ओभरको दोस्रो बलमा उनले छक्का प्रहार गरे । दिल्लीको जितका लागि अन्तिम ४ बलमा १९ रन चाहियो । तर उनीहरुले केवल ५ रन मात्रै जोड् नसके । विजयले ३१ बलमा ५४ रन नटआउट खेले ।

The post आइपिएलः दिल्लीको अर्को हार, चेन्नई सुपरकिंग्स अंक तालिकाको शीर्षस्थानमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles