Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपाल क्रिकेट संघमाथिको प्रतिबन्ध नौ महिनाभित्र हट्ने

$
0
0

काठमाडौं, १९ भदौ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसीले) नेपाल क्रिकेट संघ क्यानमाथि लगाउँदै आएको प्रतिबन्ध नौ महिनाभित्र हटाउने बताएको छ ।

David Richardson

नेपाल भ्रमणमा रहेका आइसीसीका सीइओ डेभिड रिचर्डसनले आइतबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन् ।

साथै उनले नेपाल क्रिकेट संघको विधान संसोधन र नयाँ बोर्ड गठनका लागि सल्लाहकार समिति गठन गरिएको जानकारी पनि दिए । समितिमा रहनेहरुको नाम दुई साताभित्र तय गरिने बताइएको छ ।

समितिमा हाल अमिर शेख संयोजक छन् । अन्य सदस्यमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्रिकेटका सरोकारवाला पक्षका प्रतिनिधिहरु रहनेछन् ।

नयाँ चुनावपछि गठन हुने बोर्डलाई आफूहरुको पूर्ण सहयोग रहने र प्रतिबन्ध पनि  हटाउने रिचर्डसनले बताए ।

आइसीसीको टोलीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, खेलकुदमन्त्री दलजित श्रीपाइली लगायतसँग भेटेको थियो । भेटमा खेलकुदमन्त्री श्रीपाइलीले क्रिकेट विकास बोर्ड गठनको प्रस्ताव अघि सारेका थिए ।

The post नेपाल क्रिकेट संघमाथिको प्रतिबन्ध नौ महिनाभित्र हट्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles