एजेन्सी, २३ वैशाख । स्पेनिस लिग ला लिगाको महाभिडन्त एलक्लासको आज राति हुँदैछ । यस सिजन अपराजित रहेको बार्सिलोनालाई यस सिजनको पहिलो हार चखाउने दाउमा रियल मड्रिड रहेको छ ।
तर, बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा बार्सिलोनालाई पराजित गर्न रियलले त्यति सहज भने हुनेछैन । यस सिजन दुई वटा उपाधि जितिसकेको बार्सिलोना उच्च मनोबलमा रहेको छ ।
रियललाई यस सिजन आफ्नो साख जोगाउन पनि बार्सिलोनालाई हराउनै पर्ने दबाबमा रहेको छ । च्याम्पिन्यस लिगको फाइनलको यात्रा तय गरेको रियल यस सिजन भने उच्च फर्ममा रहेको छैन ।
उसको मिडफिल्डमा देखिएको कमजोरीले पनि यस सिजन धेरै खेलमा राम्रो नतिजा ल्याउन सकेन । तर, क्रिस्टियानो रोनाल्डो, मार्सेलो र एसिन्सीयो भने उच्च फर्ममा रहेका छन् ।
उता बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिए पनि ला लिगा भने राम्रो खेल प्रदर्शन गर्दै आइरहेको छ । रियलले बार्सिलोनाको अपराजित यात्रा अन्त्य गर्न असफल हुने केही फुटबल विश्लेषकहरु बताउँछन् ।
बार्सिलोनाको बलियो मिडफिल्ड र स्टाइकरहरु उच्च फर्ममा रहेका कारण पनि रियलले कठिन यात्रा तय गर्नु पर्ने उनीहरुको भनाई छ । तर, पहिलो लिग खेलमा बार्सिलोनासँगको हारको बदला लिन जिदानले हरसम्भव प्रयास गर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।
The post बार्सिलोनालाई उसकै घरेलु मैदानमा हराउने दाउमा रियल मड्रिड appeared first on Sajha Post.