एजेन्सी, २६ वैशाख । गएराति भएको प्रिमियर लिगमा साउथह्याम्टनले स्वान्सी सिटीलाई १-० गोलले पराजित गर्दै रेलिगेशनमा पर्नबाट जोगिएको छ ।
यस सिजन आफ्ना भरपर्दा खेलाडीहरु बेचेको साउथह्याम्टनले प्रिमियर लिगमा खराब खेल खेलेको थियो ।
तर, सिजनको अन्त्यतिर रेलिगेशनमा संघर्षरत यस क्लबले केही सुधारिएको खेल प्रदर्शन गरेको थियो ।
पराजित स्वान्सी सिटी रेलिगेशनमा परेको छ ।
अन्तिम खेल खेल्न बाँकी रहेको दुवै टोलीलाई जित हात पार्नु पर्ने बाध्यता रहेको छ ।
अंक तालिकामा साउथह्याम्टनको ३६ अंक रहेको छ भने स्वान्सी सिटीको ३३ अंक रहेको छ ।
The post साउथह्याम्टन रेलिगेशन हुनबाट जोगियो appeared first on Sajha Post.