Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एट्लेटिको मड्रिडले बार्सिलोनामाथि लगायो यस्तो आरोप

$
0
0

एजेन्सी, २६ वैशाख । एट्लेटिको मड्रिडले एन्टोनियलो ग्रिजम्यान बार्सिलोना जाने हल्लालाई उक्साएर बार्सिलोनाले क्लबप्रति अपमान गरेको अरोप लगाएका छन् ।

उच्च फर्ममा रहेका ग्रिजम्यानलाई गएको सिजनको सूरुवातमा नै बार्सिलोना लैजान चाहन्थ्यो । तर, अपवाह बढी फैलिए पछि एट्लेटिकाले फिफामा नै बार्सिलोनाविरुद्ध उजुरी गरेको थियो ।

फेरि पनि ग्रिजम्यान बार्सिलोना जाने हल्ला व्यापक छाएको छ । एट्लेटिकोका अधिकारी गिल मेरिनले एट्लेटिकोको आधिकारीक वेबसाइटमार्फत ग्रिजम्यान बार्सिलोना जाने हल्लाले आफुहरु दिक्क भएको जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार ग्रिजम्यानलाई यस सिजन पनि क्लबले बेच्ने छैन ।

उनले भनेका छन्, ‘मैले यस अघिनै बार्सिलोना प्रमुख बार्तेमोउलाई हाम्रा खेलाडीहरु बिक्रिमा नरहेको बताएको थियो ।’
उनले थप्दै भने, ‘हामी यस सिजन ला लिगा उपाधिका लागि भिडिरहेका थियौ । तर, हाम्रो टोलीका विशेष खेलाडीमाथि दबाब दिने प्रयास भएको छ ।’

बार्सिलोना पछिल्लो समय बलियो टोली निर्माण गर्ने तयारीमा रहेको छ । उसले गएको सिजन ठुलो धनराशी खर्च गर्दै डेम्बेले र कोउटिन्हो अनुबन्ध गरेको थियो ।

The post एट्लेटिको मड्रिडले बार्सिलोनामाथि लगायो यस्तो आरोप appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles