Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

राजस्थानले चेन्नईलाई ४ विकेटले हरायो, जोस बटलरको लगातार चौथो अर्ध-शतक

$
0
0


जयपुर, २९ वैशाख । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शुक्रबार राति भएको ४३ खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।

चेन्नई सुपर किंग्सलाई ४ विकेटले हराएको हो । यो जितसँगै राजस्थानले अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । जितका लागि पाएको १ सय ७७ रनको लक्ष्य राजस्थानले खेल सकिन एक बल बाँकी रहँदै भेट्टायो । राजस्थानको जितमा जोस बट्लरले नट आउट ९५ रन बनाए । उनले ६० बलमा ११ चौका र २ छक्का हिर्काउँदै राजस्थानको जितमा नायक बने ।

जोस बटलर म्यान अफ दि म्याच पनि बने । यो सिजनमा उनको यो लगातार चौथो अर्धशतक हो । उनले विराट कोहली बराबरी खेलेका छन् । उनीहरुभन्दा अगाडि अब विरेन्द्र सहवाग मात्र छन् । उनले २०१२ मा लगातार पाँच अर्धशतक खेलेका थिए ।
राजस्थानका लागि स्टुआर्ट बिन्नीले २२ र सञ्जु स्यामसनले २१ बाहेक अरु खेलाडी जम्न सकेनन् ।

पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १ स ७६ रन जोडेको थियो । चेन्नईका सुरेश रैनाले ५२ रन जोडे भने कप्तान महेन्द्रसिंह धोनीले ३३ र शेन वाटसनले ३९ रन जोड्न सफल भए ।

१८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावाद यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ । दोश्रो स्थानमा रहेको चेन्नईको ११ खेलबाट १४ अंक छ । किंग्स इलावेन पञ्चाबको १० खेलबाट १२ अंक छ । मुम्बई इण्डियन्स र कोलकता नाइट राइडर्सकै बराबर ११ खेलबाट १० अंक बटुलेको भए पनि राजस्थान रन रेटका आधारमा छैटौं स्थानमा छ । अंकतालिकाअनुसार यी ६ वटै टिमको अघिल्लो चरणमा पुग्ने संभावना कायम छ ।

१० खेलबाट ६ अंक बटुलेको रोयल च्यालेन्जर्स बैंगलोर र ११ खेलबाट ६ अंकै बटुलेको दिल्ली डेयर डेभिल्सको भने अघिल्लो चरण पुग्ने संभावना निक्कै नै कम छ ।

The post राजस्थानले चेन्नईलाई ४ विकेटले हरायो, जोस बटलरको लगातार चौथो अर्ध-शतक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles