Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एफए कपको उपाधि चेल्सीले जित्यो

$
0
0

एजेन्सी, ६ जेठ । एफए कपको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सीले उपाधि जितेको छ । चेल्सीसँग युनाइटेड १-० गोलले पराजित भएको हो ।

यस सिजन खासै गातिलो खेल प्रदर्शन गर्न नसकेको चेल्सीका लागि इडिन हजार्डले खेलको २२ औ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै गोल गरेका थिए ।

खेलमा दुवै टोलीले आक्रामक खेल खेले पनि थप गोल भने गर्न सकेनन् । यस सिजन एफए कपको उपाधि जित्ने दाउमा रहेको म्यानु भने च्याम्पियन्स लिगमा स्थान बनाउनबाहेक कुनै उपाधि जित्न सकेन ।

प्रिमियर लिगमा दोस्रो भएको म्यानुले एफए कप जित्ने धेरैको अनुमान थियो । तर, चेल्सीका प्रशिक्षकको मास्टर क्लास खेल प्रदर्शन गरेपछि म्यानुको कुनै सिप लागेन ।

यो जितसँगै प्रशिक्षक कोन्टेको जागिर अब के हुन्छ भन्ने बहस पनि चल्न थालेको छ ।

यस सिजन चेल्सीको खेल सन्तोषजनक नभएपछि चेल्सी मालिक रोमन इब्राहिमोविकले के निर्णय गर्छन् सबैको चासोको विषय बनेको छ ।

The post एफए कपको उपाधि चेल्सीले जित्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images