Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप २०१८ः लुज्निकी स्टेडियमबारे जान्नुहोस् यी तथ्यहरु

$
0
0

काठमाडौँ, ६ जेठ । सन् २०१८ को विश्वकप हुन अब एक महिनाात्र बाँकी रहेको छ । रसियाले विश्वकपका लागि सबै तयारी पुरा गरेको बताइ सकेको छ ।

रसियाले विश्वकप आयोजना गर्नु एउटा ठुलै चुनौती भएपनि सबै तयारी पुरा भएको र सबै स्टेडियको सबै व्यवस्था पुरा गरेको बताएको छ । पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको रसियाले विश्वकपकालागि १२ वटा विशेष स्टेडियम तयार पारेको छ ।

फिफा विश्वकपमा सर्वाधिक महत्व बोकेको लुज्निकी स्टेडियम रसियाको राजधानीमा छ। यो युरोपकै सबैभन्दा ठूलोमध्येको एउटा रंगशाला हो।

यो मोस्कभा नदीको छेउमा अवस्थित रहेको छ। दर्शकहरूले रंगशाला जाने मार्गमा विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्तिसमेत देख्नेछन्।

सन् १९८० को ओलम्पिक, १९९९ को यूएफा कप फाइनल, २००८ मा म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको च्याम्पियन्स लिगको फाइनल र २०१३ मा सम्पन्न वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिप यसै रंगशालामा भएको थियो।

पुनर्निर्माण गरिएपछि डाटा बेस वेभसाइटले यस रंगशालालाई ‘स्टेडियम अफ दि इयर २०१७’ अवार्ड प्रदान गरेको थियो।

४ सय मिलियन अमेरिकी डलर निर्माण खर्च रहेको यस रंगशालामा ८० हजार दर्शक क्षमता रहेको छ। यस स्टेडियममा फिफा विश्वकपको ७ खेल हुनेछ।

यस रंगशालामा रसिया र साउदी अरेबियाले जुन १४ मा, जर्मनी र मेक्सिकोले जुन १७ मा, पोर्चुगल र मोरक्कोले जुन २० मा, डेनमार्क र फ्रान्सले २६ जुनमा, राउन्ड अफ १६ को १ जुलाईमा हुने खेल, ११ जुलाईमा हुने सेमिफाइनल र १५ जुलाईमा हुने फाइनल खेल हुनेछ।

The post विश्वकप २०१८ः लुज्निकी स्टेडियमबारे जान्नुहोस् यी तथ्यहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles